काठमाडौं / देशका केही ठाउँमा आज पानी र हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली रहेको छ । अहिले प्रदेश –१ र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ सहित पानी पर्ने सम्भावना छ ।
बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन, चट्याङ सहित पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।