जनकपुर / लामो समयदेखि धनुषाको इनरुवा स्टेसनमा थन्किएको रेलको इन्जिन परीक्षण गरिएको छ । शनिबार जनकपुरधाम रेल्वे स्टेसन हुँदै भारतीय रेल कम्पनीका प्राविधिक टोली सहित जयनगर–कुर्था रेल लिक परीक्षण सफल भएको हो ।
रेलको अवस्था सबै ठीक रहेको बताउँदै परीक्षण सफल भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्ध निरञ्जन झाले जानकारी दिएका छन् । यसलाई छिट्टै सञ्चालनमा ल्याउन पाए दुवै देशको लागि फाइदा हुने उनले बताएका छन् ।
उद्घाटनको मिति भने अहिले निश्चित नभएको बताउँदै उनले दुबै देशको प्रधानमन्त्रीद्वारा रेल उद्घाटन गराउने जानकारी समेत दिएका छन् ।
परिक्षण टोलीमा धनुषाका प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो ।