वीरगञ्ज / वीरगञ्ज महानगरपालिका –१६ नगवामा एक बालिकाको शव भेटिएको छ ।
वीरगञ्ज –१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो ।
निर्माणधीन घरको चेपमा घोप्टो परेको अवस्थामा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।
शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्ने लगायत अनुसन्धानका काम भइरहेको छ । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ ।