काठमाडौं / बसन्तपुरको हनुमानढोका स्थित शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा  मनमाया श्रेष्ठ रहेकी छिन् ।

OM Sai Pathibhara Hospital

उनलाई सिसिटिभी फुटेजको आधारमा बिहीबार राति पक्राउ गरिएको  हो ।

श्रेष्ठको मानसिक अवस्था ठिक नभएको जनसेवाका प्रहरी नायब उपरीक्षक दिलबहादुर मल्लले जानकारी दिएका छन ।