झापा / सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा रहेको पानीपिया जङ्गलमा मोटरसाइकल दुर्घटनाका कारण दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राईको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका छन् ।
कोसी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प २१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १०२००१ ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका हुन् ।
उनीहरू दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले उपचारका क्रममा दुवैको मृत्यु भएको समेत बताएका छन् । सवारीसाधन र बसचालक इटहरी–४ का ४४ वर्षीय टीकाराम चौधरी भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।