धनुषा / धनुषाबाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँ रकमसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका –१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका –२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिए ।
प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो ।