बिर्तामोड  / झापाको मेचीनगरमा सिलिण्डर ग्यास बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन् । 

मेचीनगर नगरपालिका –७ स्थित इन्द्रेणी टोलका केशव पाठकको घरमा गएराति साढे नौ बजे आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि स्थानियहरु घटनास्थल पुग्दा सिलिन्डर पड्केर उनीहरु घाइते भएका हुन् । 

OM Sai Pathibhara Hospital

सिलिण्डर विष्फोटमा परी मेचीनगर –८ का ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त पाठकले जानकारी दिए । 

पाठकका अनुसार आगलागीबाट घाइते हुनेमा मेचीनगर –८ का लेखनाथ तिमल्सिना, बिर्तामोड –९ का गोविन्द प्रसाद राजवंशी, मेचीनगर –७ का दिपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहोरा, मेचीनगर –८ का हरि वि.क र निर्मल शर्मा रहेका छन् । 

घाइतेहरू सबैको बि. एण्ड सी अस्पताल र भवानी शंकर न्यौपानेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको पाठकले बताए । 

आगलागीबाट घाइते भएकी मेचीनगर ८ का अर्जुन अधिकारीकी छोरी शुसिला अधिकारीको भने स्थानीय साइ सुमिरन मेडिकल इँटाभट्टामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिनको छानो भएको घरमा आगलागी हुँदा दुई ग्यास सिलिन्डर विस्फोट भएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।