विराटनगर / सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कुमार खड्का नियुक्त भएका छन् । बैंकका नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका खड्कालाई संचालक समितिको बैठकले मंगलबारदेखि सिइओमा नियुक्त गरेएको हो ।   

बैंकको सिइओ रहेका नविन सुवेदीले बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटला गरेको आरोपमा पक्राउ परेपछि समितिले नयाँ सिइओ नियुक्ति गरेको बैंकका अध्यक्ष डा.अर्जुन बरालले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

बैंकको रकम हिनामिना गरेको आरोपमा सिइओ सुवेदी , लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी , अपरेसन प्रमुख अमित थापा मगरसहित चार जना कर्मचारीलाई बुधबार साँझ बैंकदेखि पक्राउ गरेको थियो ।

प्रहरीले मंसिर १९ गते पक्राउ गरेको बैंकका जनरल सर्भिस डिपार्टमेन्ट जीएसडी प्रमुख हिमाल भट्टराईको बयानका आधारमा अन्यलाई पक्राउ गरेर अनुसन्धान गरेको छ । 

मोरङ प्रहरीले शुक्रबार उच्च अदालत विराटनगरमा पक्राउ परेका चारै जनालाई बैंकिङ कसुरमा म्याद थप गरि अनुसन्धान गर्दै आएको हो । बैंक घोटाला प्रकरणमा सिईओ सुवेदीसहितको टिम संलग्न भएपनि रेमिट्यान्सको रकम मात्रै हिनामिना भएकोले निक्षेपकर्ता भने अत्तालिएका छैनन् ।