झापा / बाजुराको हिमाली गाउँपालिका – ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभुत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ ।
हिमपातसँगै बढेको चिसोका कारण आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षक देवीलाल वुढथापाले जानकारी दिए ।
चिसोका कारण बर्सेनि विद्यालय बन्द हुँदै आइरहेको छ भने यस वर्ष १६ पुसदेखि फागुन पहिलो साता सम्मका लागि विद्यालय बन्द गरिएको जनाइएको छ ।