काठमाडौं / नेकपा माओवादी केन्द्रको महाअधिवेशनबाट कर्णाली र बागमती प्रदेशका उपसभामुख नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको सूचीमा परेका छन् ।
आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ र कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन् ।
सभामा निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा दिनुपर्ने प्रचलन छ ।