झापा / सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका २३ वर्षीय छोरा बबी सोडारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका  डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

डीएसपी जोशीका  अनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्यु भएको थियो ।

घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युपछि भने सम्पर्क विहीन भएका थिए ।