झापा / झापाको मेचीनगर नगरपालिका –५ स्थित बसपार्कबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका –५ बस्ने २६ वर्षीय लावन हाङ राई रहेका छन् ।
उनलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त पाठकले जानकारी दिए ।
पाठकका अनुसार पक्राउ परेका लावनको साथबाट प्रहरीले ४४ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।