झापा / चितवनको कालिका नगरपालिका – २ मा रहेका चार मन्दिरमा शनिबार राति एकै समयमा चोरी भएको छ ।
पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको हो ।
दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए ।
प्रहरी चौकीका अनुसार मन्दिरमा रहेका मूर्ति र अन्य सामग्री सुरक्षित छन् ।