बुटबल / पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन् ।
आज (आइतबार) बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट –२ लगुवामा दुर्घटना भएको हो ।
दुर्घटनाबाट ७ जनाको घटनास्थलमा नै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन खाणले जानकारी दिए ।
खाणका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना सवार रहेको खाणले बताए ।