झापा /  झापाको दमक नगरपालिका ९ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका ४ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय मोहमद इस्ताका रहेका छन ।

OM Sai Pathibhara Hospital

बिहीबार दिउँसो १ बजे इलाका प्रहरी दमकबाट खटिएको प्रहरी टोलीले इस्ताकालाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको जिन्स पेन्टको गोजीमा २ ग्राम ब्राउन सुगर, नगद २ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल फेला परेको हो ।

प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका इस्ताकाको झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।