बिर्तामोड //बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले महिलाहरूमा देखिने स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।

चाडपर्वको अवसर पारेर महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो।   

OM Sai Pathibhara Hospital

अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने सम्पूर्ण महिलाहरूमा क्यान्सर रोग भए नभएको पत्ता लगाउन स्क्रिनिङ, मेमोग्रामसमेत गरिने भएको अस्पतालले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी  गराएको छ। 

झापाका मात्रै दुई लाख महिलाको अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र दोस्रो चरणमा इलाम, पाँचथर, ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका महिलाको स्वास्थ्य जाँच गर्ने पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी गराएका छन्। 

पुस महिनासम्मा झापाका महिलाहरूको  परीक्षण गरीसक्ने  बताइएको छ।