बिर्तामोड / पछिल्लो २४ घण्टामा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको सात हजार २३३ जनाको पीसीआर र चार हजार ९६२ जनाको एन्टिजेन गरी १२ हजार १९५ जनामा गरिएको परीक्षणका क्रममा ७८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार हाल देशभर १४ हजार ७८७ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण नेपालमा १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।