बिर्तामोड / आज देशभर थप सात सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ६ हजार १६८ पीसीआर र ५ हजार ८६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १ हजार ६३३ पुगेको छ। 

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा थप ११ जना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हाल १४१६८ जना होम आइसोलेसन र १ हजार १७२ जना संस्थागत आइसोलेसनमा छन्। २३६ जना क्वारेन्टाइन, ३१७ जना आइसीयू र ११३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।