बिर्तामोड / झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा आज (शनिबार) देखि सिटी स्क्यान सेवा सुरु भएको छ । 

प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले एक कार्यक्रमकाबीच अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट र सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

प्रदेश १ सरकारले गत आर्थिक वर्षमा मेची अस्पताललाई पाँच करोड १४ लाख ५७ हजार रुपैयाँ छुट्याएको थियो । सोही रकमबाट अस्पतालमा सिटी स्क्यान मेसिन र अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिए ।

मेची अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि बिरामीले सिटी स्क्यान गराउन महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता हटेको अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।