बिर्तामोड / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिले नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई चारबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । 

लामो समयदेखि बीपी प्रतिष्ठानमा भएको भ्रष्टाचार र बेथितिको विषयमा चर्को विरोध गर्दै आएको संघर्ष समितिले आफूहरूले उठाएका मुद्दा सम्बोधन गर्न माग गर्दै स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएको हो । 

OM Sai Pathibhara Hospital

उनीहरूले स्वास्थ्यमन्त्रीसँग प्रतिष्ठानलाई दोहन गर्ने पदाधिकारीबाहेकका अन्य शिक्षक कर्मचारीहरूलाई पनि कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय एवम् अधिकारसम्पन्न आयोग तत्काल गठन गर्न माग गरेका छन् । 

माग पूरा गर्ने कुरामा विगतमा जस्तै सुस्तता दोहोरिने, दलीय, गुटगत स्वार्थ पूरा हुनेगरि पदाधिकारी चयन गरिएमा समितिले सशक्त कदम चाल्ने चेतावनी समेत दिएको छ । 

उनीहरूले स्वास्थ्यमन्त्रीलाई अख्तियार एवं अदालतमा रहेका स्वास्थ्य र शिक्षा सम्बन्धित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुद्दाहरूलाई द्रुत गतिमा टुङ्ग्याउन पहल गर्न आग्रह समेत गरेका छन् । 

उनीहरूले मन्त्री खतिवडालाई मन्त्री वा सरकार परिवर्तन भएपनि प्रतिष्ठान दिगो र जीवन्त रहने वातावरण स्थापित गर्ने ऐतिहासिक भूमिका खेल्न आग्रह गर्दै बधाइ तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् । 

यस्तो छ ज्ञापन पत्र

नेपाल सरकारका नवनियुक्त स्वास्थ्यमन्त्री एवम् सहकुलपति माननीय विरोध खतिवडा ज्यूलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना दिन चाहन्छौँ। मन्त्रिमण्डल विस्तार नभएर करिब ३ महिनाको सुस्ततामा गुज्रिएको स्वास्थ्य क्षेत्रले यहाँको आगमनसँगै द्रुतगतिमा सम्बोधन हुने कुरामा हामीले विश्वास लिएका छौं। यसको सुरुवात, स्वास्थ्य सेवा एवं स्वास्थ्य शिक्षाको लागि मानक एवं अग्रणी संस्था रहेर पनि दलीय भागबन्डा, गुटगत स्वार्थ लिप्तता र व्यापारिक साँठगाँठले धराशायी हुने सन्निकट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्धारबाट शुरु गरी प्रतिष्ठानलाई दिगो जीवन्तता प्रदान गर्ने ऐतिहासिक अवसरको सदुपयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। नेपाल सरकारले स्पष्ट कार्ययोजना सहितको र प्रतिष्ठानको हितार्थ यसअघि हामीसँग गरेको सम्झौता कार्यान्वयन गर्नुहुन पनि निवेदन गर्न चाहन्छौँ। मित्रराष्ट्र भारतको ब्क्ष्क्ष्ःक्, एन्क्ष् सरह रहेको यस संस्थालाई सोही अनुरूप बनाउन उच्च प्राथमिकतामा राख्नुभई सोही अनुरूप पदाधिकारी छनोट, बजेट विनियोजन र लगातार एवम् विस्तृत सुपरिवेक्षण गर्ने वातावरण सधैँका लागि बनाउनुभई मन्त्री वा सरकार परिवर्तन भएपनि प्रतिष्ठान दिगो र जीवन्त रहने वातावरणु स्थापित गर्ने ऐतिहासिक भूमिकाका लागि अनुरोध गर्दछौँ।

१. आफैँ दीक्षान्त समारोह गर्ने विश्वविद्यालय स्तरका प्रतिष्ठानका पदाधिकारीहरूको चयन राजनीतिज्ञुले होइन विज्ञुले गर्नुपर्दछ, व्यक्तिुले होइन समूहुले गर्नुपर्दछ, नियतुले होइन नीतिुले गर्नुपर्दछ भन्ने भावनालाई आत्मसात गरी, बनिसकेको मापदण्ड बनाउन गठित समितिुबाट मापदण्ड बनाई, विज्ञहरुको समूह सार्वजनिक गरी सोही समूहले मन्त्री र प्रधानमन्त्रीको प्रत्यक्ष परोक्ष संलग्न नहुने गरीु पदाधिकारीहरूको छनोट गर्ने व्यवस्था गरियोस्।

२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९को ११घ अनुसार सिनेट बैठक डाकी पदाधिकारीहरुमाथि उठेका र प्रतिवेदनहरूले इङ्गित गरेका कुराहरुलाई मध्यनजर गरी पदाधिकारीहरूको बर्खास्त गर्ने प्रक्रिया अविलम्ब सुरु गरियोस्।

३. प्रतिष्ठानलाई यो हदसम्म पुर्याउने र प्रतिष्ठानलाई दोहन गर्ने पदाधिकारीबाहेकका अन्य शिक्षक कर्मचारीहरूलाई पनि कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय एवम् अधिकारसम्पन्न आयोगु तत्काल गठन गरियोस्।

४. अख्तियार एवं अदालतमा रहेका स्वास्थ्य र शिक्षाु सम्बन्धित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुद्दाहरूलाई द्रुत गतिमा टुङ्ग्याउन पहल गरियोस्।

उपरोक्त मुख्य मागहरुसहित हाम्रा अन्य सम्पूर्ण मागहरु यथाशीघ्र सम्बोधन हुने व्यवस्था गर्नुहुन अनुरोध छ।

पुनश्चः विगतमा जस्तै सुस्तता दोहोरिने र फेरिपनि नेमप्लेटुमात्र परिवर्तन हुने, दलीय, गुटगत स्वार्थ पुरा हुनेगरि पदाधिकारी चयन गरिएमा ती पदाधिकारीहरु र नेपाल सरकारको विरुद्धमा सशक्त कदम चाल्न बाध्य हुने पनि जानकारी गराउन चाहन्छौँ।

धन्यवाद।