बिर्तामोड / आज देशभर थप ७६४जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ६८८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७६४जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४६६ जनाको पिअिसार परीक्षण गर्दा ७१४ र १ हजार २२२ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

आज देशभर १ हजार ३३ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।

देशभर १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १४ हजार ४६१ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार १५३ संक्रमित छन् भने  ३१३ जना आइसियुमा र ११३ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ४३ हजार ९४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।