एजेन्सी //डेनमार्क र स्विडेनमा  कोरोना विरुद्धको मोडर्ना खोप लगाउन रोक लगाइएको छ।
दोस्रो डोज लगाएपछि मुटु सुन्निने समस्या देखिएकाले कम उमेरका युवायुवतीलाई खोप लगाउन रोक लगाइएको हो।

खोप लगाएका युवायुवतीहरू मध्ये केहीमा मुटु सुन्निने जस्तो साइट इफेक्ट देखिएको भन्दै ती देशहरूले कम उमेर समूहलाई खोप लगाउन रोक लगाइएको बताइएको छ।

खोपको दोस्रो मात्रा लगाएपछि त्यस्तो समस्या देखिएको तर समस्या ठूलो भने नभएको  भए तापनि स्वेडेनको स्वास्थ्य एजेन्सीले तत्कालका लागि २० वर्ष मुनिको समूहमा खोप अभियान रोक्ने बताएको छ।

उता, डेनमार्कले पनि १८ वर्ष भन्दा मुनिको समूहलाई पूर्व सतर्कता नअपनाई खोप नदिने बताएको छ ।

समस्या ज्यादै कम भए पनि मुटु सुन्निने समस्याको अनुसन्धान पूरा नभएसम्मका लागि सतर्कता अपनाउने डेनिस स्वास्थ्य मन्त्रालयले बताएको छ।
मोडर्ना खोपको सट्टा फाइजरबायोएनटेकको खोप लगाउने बताइएको छ।