पाँचथर / जिल्ला अस्पताल पाँचथरमा उपचाररत बालको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

ज्वरो आएपछि अस्पतालमा भर्न भएकी बालिकालाई सुई लगाउने बितिक्कै ज्यान गएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । 

OM Sai Pathibhara Hospital

फालेलुङ गाउँपालिका –८ घर भई हाल फिदिम २ मा बसोबास गर्दै आएकी साढे तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङलाई ज्वरो आएपछि केही दिन अघि अस्पतालमा भर्ना गराइएको थियो । 

उपचारको क्रममा सुई लगाउने बितिक्कै बालिकाको ज्यान गएपछि अस्पतालको लापरवाहीले गर्दा बालिकाको ज्यान गएको भन्दै बुधबार बिहानै देखि प्रदर्शन गरेका आफन्तले बेलुका ८ बजे अस्पताल तोडफोड गरेका हुन् । 

बालिकाको शव समेत आफन्तले जिम्मा लिएका छैनन् । अस्पताल परिसरमा रहेका सुरक्षाकर्मीलाई मृतक बालिकाको परिवार र आफन्तले ढुङ्गामुढा हानेपछि सुरक्षाकर्मीले पनि स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको थियो ।

हिजो दिनभर अस्पताल र मृतक बालिकाको परिवार बीच वार्ता भए पनि केही समाधान ननिस्किएको स्थानीयले बताएका छन् ।