बिर्तामोड / आज देशभर थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

११ हजार १६५ जनाको पिअिसार परीक्षण गर्दा ८९१ र चार हजार ३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ।

देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १४ हजार ९७५ होम आइसोलेसनमा रहेका छन्। 

संस्थागत आइसोलेसनमा एक हजार २१९ संक्रमित छन् भने  ३३८ जना आइसियुमा र ११५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। देशभर ४७६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।