काठमाडौं / गत फागुनमा भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप शनिबारसम्म नेपाल आइपुग्ने भएको छ।

भारतको सेरम इन्स्टिच्युटसँग गत फागुन ५ गते २० लाख डोज खोप खरिदका लागि रकम पठाएको मध्ये १० लाख डोज खोप मात्र नेपाल आइसकेको छ । बाँकी रहेको १० लाख डोज खोप लगभग शनिबारसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । 

OM Sai Pathibhara Hospital

‘कुन बार भन्ने अझै तय भइसकेको छैन तर शनिबारसम्म खोप आइपुग्ने कुरा भएको छ,’ व्यवस्थापन महाशाखा स्रोतले भन्यो।

भारतले नेपाललाई ११ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो भने २० लाख डोज सरकारले खरिद गरेको थियो।