कपिलवस्तु / कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा झाडापखालाका बिरामीलाई बाहिरै राखेर उपचार गरिँदै छ । शिवराज अस्पतालमा बेडको अभाव भएपछि  झाडापखालाका बिरामीलाई अस्पताल परिसरमा राखेर उपचार गरिएको हो । 

शिवराज अस्पतालमा झाडापखालाका ५२ जना बिरामीलाई भर्ना गरिएको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डा मुकेश चौधरीले बताएका छन् ।

OM Sai Pathibhara Hospital