कपिलवस्तु / कपिलवस्तुमा झाडा पखालाका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा पाँच वर्षीय बालक राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेका छन् । 

अहिले कृष्णनगर नगरपालिकामा झाडा पखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

वडाभरि प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए । 

शिवराज अस्पतालमा ४० जना बिरामीले उपचार गराएका छन् । यता समुदायमा रहेका बिरामीको सङ्ख्या यकिन हुन सकेको छैन ।

प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुईजना चिकित्सक र प्रदेशबाट उपचार टोली आउँदै गरेको बताइएको छ ।