बिर्तामोड  / आज देशभर थप दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ९३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६१२ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ६४८  र चार हजार ३२३ जनाको एन्टीजेन परीक्षण गर्दा ४०४ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

आज देशभर तीन हजार ३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २० एक जना संक्रमितको मृत्यु भएको छ।