बिर्तामोड / आज देशभर थप एक हजार २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २२२ जनाको पिसिआरएन्टीजेन परीक्षणमा एक हजार ६४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ११७ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ५२३  र तीन हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

आज देशभर एक हजार ७८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ।  

देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३३ हजार २१४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ३७७ संक्रमित छन् भने ५३७ जना आइसियुमा र १६४ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।

देशभर ३२९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।