बिर्तामोड / आज देशभर थप दुई हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २३३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ९०२ चार हजार ३४१ जनाको एन्टीजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

आज देशभर एक हजार ८०८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ।  

देशभर ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३३ हजार ३३३  होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ५४१ संक्रमित छन् भने ५६८ जना आइसियुमा र १६० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३३८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।