काठमाडौँ / विश्व शान्ति एवं राष्ट्र शान्तिको सङ्कल्पले गुरु पूर्णिमाका अवसरमा पतञ्जलि योग समितिले एक हजार आठ गायत्री अनुष्ठान गरेको छ ।

पूर्वीय दर्शन एवं वैदिक गुरु परम्पराका समस्त गुरुप्रति सम्मान प्रकट गर्न शनिबार अनुष्ठान सम्पन्न गरिएको पतञ्जलि सेवा आश्रमका सञ्चालक साध्वी देवकृपाले जानकारी  दिएका छन्। सोही अवसरमा आश्रमको केन्द्रीय कार्यालय मण्डिखाटार र मुलुकभरका योग केन्द्रमा अनुष्ठान गरिएको उनले बताएका छन् ।

OM Sai Pathibhara Hospital

देशका ७७ वटा जिल्लाका विभिन्न स्थानमा चार हजार योग केन्द्र छन् । ती केन्द्रमा करीब ७० हजार योग शिक्षकले बिहान बेलुका नियमित योग अभ्यास गराउँदै आएका छन् । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले जुम प्रविधिका माध्यमबाट अहिले पनि नियमित १० लाख साधकले प्रत्यक्ष निगरानीमा योग गरिरहेको केन्द्रले जनाएको छ ।

कोरोनाबाट बच्न रोग प्रतिरोधी क्षमताको विकास गर्न नियमित योगासनले सहयोग गर्ने योग एवं आयुर्वेदका विज्ञको भनाइ छ । नियमित योगासन र आयुर्वेदिक पद्धतिको खानपान एवं जीवनशैली अपनाएमा कोरोनाबाट पीडित नभइने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउछन् ।