• डा. राजेन्द्र शर्मा

तपाइलाई  राम्रो थाह छ,

ऊ हत्यारा हो

OM Sai Pathibhara Hospital

तपाइले मज्जाले चिन्नुभको छ,

ऊ चोर हो

तर तपाइको केही लाग्दैन, किनकि

ऊ तपाइको नेता हो ।


तपाइलाई राम्रो थाह छ,

ऊ पढेको छैन

तपाइ राम्रोसंग जान्नुहुन्छ,

ऊ साँचो बोल्दैन

तर तपाइको केही लाग्दैन, किनकि

ऊ तपाइको नेता हो ।


तपाइलाई प्रष्ट थाह छ,

ऊ गुण्डा पाल्छ

तपाइ राम्ररी जान्नुहुन्छ,

ऊ घुस्याहा हो

तर तपाइको केही लाग्दैन, किनकि

ऊ तपाइको नेता हो ।


तपाइलाई एकदम थाह छ,

ऊ पापी छ

तपाइले यो पनि बुझ्नुभाको छ,

ऊ दलाल हो

तर तपाइको केही लाग्दैन, किनकि

ऊ तपाइको नेता हो ।


तपाइ बोल्नै सक्नुहुन्न,

ऊ बलात्कारी हो

तपाइको विवेकले भन्छ,

ऊ देशद्रोही हो

तर तपाइको केही लाग्दैन, किनकि

ऊ तपाइको नेता हो ।


तपाइलाई राम्ररी थाह छ,

ऊ तस्करीको कमिसन खान्छ

तपाइले बुझिसक्नु भएको छ,

ऊ कालोधन कमाउँछ

तर तपाइको केही लाग्दैन, किनकि

ऊ तपाइको नेता हो ।


तपाइ र तपाइहरूको भीडमा

म पनि सामेल छु ।


र, म पनि प्रष्ट जान्दछु

उनीहरू चोर्छन् ( घोटाला गर्छन्

शहरमा आलिशान बङ्गला बनाउँछन्

दुईचार लठैत अघिपछि राख्छन्

गाउँमा फार्म हाउस बनाउँछन्


तर तपाइको र मेरो केही लाग्दैन, किनकि

ऊ तपाइको र मेरो पनि नेता हो ।