बिर्तामोड  / प्रदेश १ मा आज ८ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । 

मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ६३ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार २१२ जना संक्रमणमुक्त भएका छन् । आज ३५३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ३७ पुगेको छ । 

प्रदेश १ मा आज २ हजार २२२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३८८ महिला र ५१० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।