बिर्तामोड / आज देशभर थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा  ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

OM Sai Pathibhara Hospital

त्यसैगरी, २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। 

हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ।