बिर्तामोड / प्रदेश १ मा आज ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, रभोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष सहित २२७, सुन्दरहरैचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४,  सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २–२ , रतुवामाई र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ४४, बर्जुमा ३०, इनरुवामा ११, धरानमा ८, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी र हरिनगरमा२–२, देवानगञ्ज, रामधुनी, भोक्राहानरसिंहमा १–१, स्थानीय तह नखुलेका ४, झापाको विर्तामोडमा ३३, कनकाईमा १६, अर्जुनधारामा १४, भद्रपुरमा १२, हल्दिबारी र मेचीनगरमा ७–७, बुद्धशान्तिमा ५,शिवसताक्षीमा ४,गौरीगञ्जमा ३, गौरादहमा २, बा¥हदशी, झापा गाउँपालिका र स्थानीयतहनखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

त्यसैगरि उदयपुरको कटारीमा ५७, त्रियुगामा ४,चौदण्डीगढीमा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा ७, श्रीजंगामा ४, मेरिङदेन र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, छथरमा २, शहिदभूमी र महालक्ष्मीमा १–१, इलामको इलाम नगरपालिकामा ३, रोङ र देउमाईमा १–१, खोटाङको दिप्रुङचुईचुम्मा, खोटेहाङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३, भोजपुरमा१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ हजार २ सय ३१ पुगेको छ भने संक्रमित भएका मध्ये ३२ हजार ३ सय ६० जना संक्रमण मुक्त भएका छन् । आज मात्रै ९३ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ११ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८ सय ६४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३ सय १५ महिला र ४सय ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।