बिर्तामोड / आज देशभर थप ७ हजार ९ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९ सय ६५ जनाको पिसिआर र ९ सय ३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९ सय १४ जनामा संक्रमण भेटिएको र पिसिआर विधिबाट ७ हजार ५ सय ९८ र एन्टीजेन विधिबाट ३ सय १६ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९३ जना संक्रमितको मृत्यु भएको छ। 

आज देशभर ७ हजार ६६४ जना संक्रमित निको भएका छन्। देशभर ८७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।