बिर्तामोड / आज प्रदेश १ मा ८ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ८५, विर्तामोडमा ३७, बुद्धशान्तिमा ३२, कनकाईमा २९, भद्रपुरमा २५, अर्जुनधारामा २३, मेचीनगरमा १२, कमल गाउँपालिकामा ९, गौरादहमा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, बा¥हदशीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा १६४, बेलबारीमा २२, केराबारीमा १५, पथरीशनिश्चरेमा १२, बुढीगंगामा १०, उर्लाबारीमा ५, जहदामा ४, ग्रामथान, धनपालथान र सुन्दरहरैचामा २–२, रंगेली, सुनबर्षी, मिक्लाजुङ, कानेपोखरी, कटहरी र स्थानीयतहनखुलेका १–१, सुनसरीको धरानमा ८०, इटहरीमा ३५, इनरुवामा १०,दुहवीमा ६,देवानगञ्ज र बराहक्षेत्रमा ५–५, बर्जुमा ४, रामधुनी, हरिनगर, भोक्राहानरसिंह, गढी र स्थानीय तह नखुलेका ३–३जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरि संखुवासभाको खाँदबारीमा ३१, चैनपुरमा १९, सभापोखरीमा ३,सिलिचोङमा २ र धर्मदेवीमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ४६ र स्थानीयतहनखुलेका १, इलामको फाकफोकथुममा१५, इलामनगरपालिकामा १३, रोङ र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ३, छथर र महालक्ष्मीमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा १०, महाकुलुङ र थुलुङ दुधकोशीमा २–२, माप्यदुधकोशी र खम्वु पासाङल्हामुमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको चिशंखुगढी र भोजपुरको षडानन्दमा २–२, पाँचथरको फिदिम र ते¥हथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ३१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६८ पुगेको छ । संक्रमित भएकामध्ये ३२ हजार २६६जना संक्रमणमुक्त भएका छन् । आज २५७जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ५६ पुगेको छ । प्रदेश १ माआज २ हजार ४३५जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३५३ महिला र ५३५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।