बिर्तामोड / आज देशभर थप ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३ सय ५७ जनाको पिसिआर र ७ सय ४८ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट ८ हजार ५ सय ९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन् ।

OM Sai Pathibhara Hospital

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार १ सय ५३ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ८ हजार ८ सय ४८ जना संक्रमित निको भएका छन् । देशभर ८ सय ८६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।