विराटनगर / प्रदेश १ मा आज ७ ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, ते¥हथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २–२, र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ११८ महिला र १५४ पुरुष सहित २७२, सुन्दरहरैचामा ३६, उर्लाबारीमा १८, पथरीशनिश्चरेमा १०, कटहरीमा ९, बेलबारीमा ८, लेटाङ र बुढीगंगामा ४–४, ग्रामथान र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली र धनपालथानमा २–२, रतुवामाई, कानेपोखरी, जहदा र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण भएको छ । 

OM Sai Pathibhara Hospital

झापामा दमकमा ५१, मेचीनगरमा २०, अर्जुनधारामा १०, भद्रपुरमा ९, कमल गाउँपालिका र स्थानीय तह नखुलेको ७–७  शिवसताक्षी, गौरादह, बुद्धशान्ति र विर्तामोडमा ३–३, बा¥हदशीमा २, कचनकवल र झापा गाउँपालिकामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सुनसरीमा इटहरीमा १८, इनरुवामा १४, धरानमा ११, बर्जुमा ९, दुहवीमा ७, बराहक्षेत्र र हरिनगरमा ४–४, गढी, रामधुनी र देवानगञ्जमा ३–३, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

त्यसैगरि उदयपुरको बेलकामा ३९, त्रियुगामा ३, स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ३२, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र पाथीभरा याङवरकमा १–१, ते¥हथुमको म्याङलुङमा २९, मेन्छयायेममा १, पाँचथरको फालेलुङमा ५, कुम्मायकमा १ , इलामको इलाम नगरपालिकामा २, सुर्योदय र चुलाचलुीमा १–१, भोजपुरमा ३, संखुवासभाको खाँदबारीमा २, धनकुटाको छथर र महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार ९८३ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार २३२  संक्रमणमुक्त भएको र  सक्रिय संक्रमितको संख्या ७ हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ ।