जनकपुर / कोरोनाका विरामीलाई आवस्यक अक्सिजन सिलिन्डर हाहाकार भएपछि स्थानिय प्रशासनले अनुगमन गरी लुकाईएका सिलिन्डर बरामद गर्न थालेको छ । उध्योग र कारखानामा लुकाईएका ७०० सिलिन्डर बजार अनुगमनका क्रममा फेला परेपछि दुई नम्वर प्रदेश प्रहरी कार्यालयले बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले अक्सिजन भरिएको १ सय ३२ वटा सिलिन्डर र ५ सय ६८ वटा खाली सिलिण्डर बरामद गरिएको जनाएको छ ।

दुई नम्वर प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषाका विभिन्न उध्योग तथा कारखानाबाट सिलिन्डर बरामद गरिएको प्रवक्ता कृष्ण प्रसाईले जानकारी गराएका छन् ।