बिर्तामोड / प्रदेश १ मा आज ५सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्बुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१ जना थपिएका छन् ।

OM Sai Pathibhara Hospital

झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीका २–२, र कचनकवल , झापा गाउँपालिका, बा¥हदशी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ थपिएका छन् ।

सुनसरीको धरानमा ४७, इटहरीमा ४२, इनरुवामा ९, बर्जुमा ८, रामधुनीमा ३, दुहवी र कोशी गाउँपालिकामा २–२, देवानगञ्ज , बराहक्षेत्र र स्थानीय तह नखुलेका गरी १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि सोलुखुम्वुको सोलु दुधकुण्डमा २३ र नेचा सल्यानमा १,  इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १ संक्रमित थपिएका छन् ।  धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, संखुवासभाको धर्मदेवी र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार २२३ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार २२६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ५० पुगेको छ । प्रदेश १ मा आज १ हजार १ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २६३ महिला र ३१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।