बिर्तामोड /  नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

१७ हजार ३१५ जनाको पिसिआर परीक्षणमा ८ हजार २८७ जनामा पोजिटिभ र ९८९ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

OM Sai Pathibhara Hospital

कुल संक्रमितमध्ये हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन् । हाल ३९८ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा ३ हजार ३७० जना उपचारपछि डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ५३ जना संक्रमितको मृत्यु भएको छ।