बिर्तामोड / पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्।

१९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

कुल संक्रमितमध्ये हाल ७८ हजार ६२९ जना सक्रिय संक्रमित छन्। हाल ३८० जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा २ हजार ९०५ जना उपचारपछि डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ।