बिर्तामोड / नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भएको छ।

देशभर अहिलेसम्म ६ सय ५० जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

OM Sai Pathibhara Hospital

नेपाल पत्रकार महासङ्घका अनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जसमा कुल सङ्क्रमितबाट २ सय ५२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रदेश नम्बर एकमा १८, प्रदेश दुईमा ९, वाग्मती प्रदेशमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३०, सुदूरपश्चिममा ३० र उपत्यकाका तीनवटा प्रदेशमा १ सय १७ जना पत्रकार सक्रिय सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको छ भने ४ जना आईसीयूमा छन् । अहिले सम्म कोरोनाबाट ७ जना पत्रकारको ज्यान गइसकेको छ ।