बिर्तामोड / नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार ७० जनामा कोरोना पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

२० हजार ३ सय ६७ जनाको पिसिआर र ७७५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा नौ हजार ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।

कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन् । हाल ३१४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा २ हजार ७०७ जना उपचारपछि डिस्चार्ज भएका छन्।