बिर्तामोड / एक भारतीय चिकित्सकले खानपिनमा सुधार गर्न र बार्न सके कोरोनालाई जित्न कठिन नभएको बताएकी छन् । भारतीय कलेजो सर्जन तथा हेल्थ एण्ड फिटनेश विज्ञ डा। ज्योत्स्ना बर्माले सामाजिक संजाल फेसबुक मार्फत एक भिडियो सार्वजनिक गर्दै कोरोना पोजिटिभ देखिएका विरामीले खानपिन मा सुधार गर्न सके कोरोना निको हुने दावी गरेकी छन् ।

उनले ग्लुकोज युक्त खानेकुरा दाल, भात, रोटी र अन्न खान छाडे केहि दिनमा नै कोरोना निको हुने दावी गरेकी छन् । कोरोनाको मुख्य शक्ति नै ग्लुकोज भएको दावी गर्दै उनले ग्लुकोज युक्त खाना बन्द गर कोरोनालाई हराउन सकिने उनले बताएकी हुन् ।

OM Sai Pathibhara Hospital

उनले जमिनमुनी फल्ने (आलु , मुला , गाँजर लगायत )  चिजविज पनि नखान भनेकी छन् । त्यसैगरी उनले भिडियो सन्देशमा फलफुल समेत नखान र त्यसको सट्टा प्रोटिन युक्त खानेकुरा खान सुझाव दिएकी छन् ।

प्रोटिनयुक्त खाने कुरा कुखुराको मासु,कुखुराको अण्डा , दही ,पनिर र सागसब्जीको अधिक सेवन गर्न उनले सुझाव पनि दिएकी छन् । खानु बेश । उनले दिनमा ६ देखि ७ पटक दुई घण्टाको बीचमा बाफ लिने र खानपानमा सुधार ल्याउने हो भने चार पाँच दिनमा कोरोना निको हुने ठोकुवा गरेकी छन् ।