बिर्तामोड / झापाको शिवसताक्षीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  विएन्डसी अस्पतालमा कोरोनाको उपचार गराइएरेका शिवसताक्षी ८ का नरप्रसाद उप्रेतीको मृत्यु भएको हो ।

उनलाई काठमाण्डौंको हेम्स अस्पतालबाट एकसाताअघि विर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

OM Sai Pathibhara Hospital

काठमाडौंमा रहँदा उनलाई कोराना संक्रमण भएको थियो । अस्पताल स्रोतका अनुसार उप्रेती स्वासप्रस्वास, सुगर र प्रेसर रोगबाटपनि पीडित थिए ।

नेपाली सेनाको शव व्यवस्थापन टोलीले अस्पतालबाट सब ल्याएर कन्काई नदीमा दाहसंस्कार गरिएको बताइएको छ । हाल शिवसताक्षीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।