बिर्तामोड / लाखौं मूल्यका सवारी साधन चढेर हिड्ने जनप्रतिनिधिले समयमा नै सवारीसाधन घण्टौं उपलब्ध नगराईदिदा नवलपरासीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १३ दलदलेका ६५ वर्षिय चिन प्रसाद काफ्लेको एम्बुलेन्स नपाएरै मृत्यु भएको छ । काफ्ले परिवारले नगरपालिकामा खबर गरेर घण्टौ कुर्दा पनि नगरपालिकाले अस्पताल सम्म लान सवारीसाधन नदिंदा विरामीको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital


विरामीका परिवारका सदस्यले घण्टौ कुर्दा समेत एम्बुलेन्स नपाएपछि काफ्लेको मृत्यु भएको जानकारी गराएका छन् । उनीहरुले मोटरसाईकलमा अस्पताल लान खोज्दा एम्बुलेन्स आउँछ भन्दै घण्टौ सम्म कुराएर अन्तिम अवस्थामा ट्याक्टर दिएका कारण समयमा नै उपचार नपाउँदा काफ्लेको मृत्यु भएको उनीहरुले बताएका छन् ।

मृतकका भान्जा प्रेम चापागाईले घटनाबारे जानकारी गराउँदै भने – हामीले जनप्रतिनिधिलाई खबर गर्दा एम्बुलेन्स आउँछ भन्दै घण्टौ अस्पताल जान दिएनन् , जब मामा शास फेर्नै नसक्ने हुनु भयो अनि सवारी साधन भएन भन्दै नगरपालिकाले अन्तिममा ट्याक्टर दियो । ट्याक्टरमा अस्पताल लाने क्रममा मामाको बाटोमा नै मृत्यु हुन गयो ।

मृतकका आफन्तले आक्रोस पोख्दै भने – लाखौं रुपैंयाको सवारीसाधन चढेर ढिड्ने जनप्रतिनिधिले घण्टौ सम्म सवारीसाधन नदिंदा मामाको मृत्यु भयो । उनीहरु चढ्न हामीले तिरेको करबाट लाखौंको गाडी किन्न सक्ने अनी विरामी नगरवासी बोक्न हामीले तिरेको करबाट किनेका गाडी प्रयोग गर्न नदिने ? 

उनीहरुले मृतकलाई कुनै पनि किसिमको दीर्घ रोग समेत नरहेको जानकारी गराएका छन । उनीहरुले जनप्रतिनिधिको लापरवाहीका कारण आफ्ना मामाको मृत्यु भएको भन्दै घटनाका विषयमा छानविन गरी जनप्रतिनिधी र स्वास्थ्य शाखाका कर्मचारी माथि कडा कानुनी कारवाही गर्न माग समेत गरेका छन् ।

घटनाका विषयमा नगरपालीकाका मेयर पुण कुमार श्रेष्ठसँग फोन सम्पर्कको प्रयास गर्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् । घटनाका विषयमा गुप्तचर खबरले नगरपालीकाका सुचना अधिकारी कृष्णहरि सापकोटासँग जानकारी माग्दा उनले समयमा नै सवारीसाधन उपलब्ध गराउन नसकेको स्विकार गरेका छन् । उनले एम्बुलेन्सले कोरोना संक्रमितलाई बोक्न नमानेकाले ट्याक्टर प्रयोग गरिएको जिकीर गरेका छन् ।

काठमाण्डौमा गरिएको पीसीआर परिक्षणको रिर्पोट अनि विरामीको विषयमा नगरपालिकालाई समयमा नै जानकारी नगराएको उनले दावी समेत गरेका छन् । नगरपालीकाका जनप्रतिनिधिले प्रयोग गर्ने सवारीसाधन किन अस्पताल जान प्रयोग गर्न दिइएन भन्ने प्रश्नमा भने उनले मौनता प्रकट गरेका छन् ।