गोदावरी / कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ ।   धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको  आज अपराह्न मृत्यु भएको हो ।

कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई  शनिबार अस्पताल भर्ना गरिएको थियो ।  कोरोना परीक्षण गराउँदा  रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको  निधन भएको श्रीमान् मोतीलालले बताए ।

OM Sai Pathibhara Hospital

कैलालीको लम्कीचुहा नगरपालिका –६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट २०७० सालको संविधानसभा सदस्य थिइन् ।