काठमाडौं / काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सबै बेड कोभिड–१९ संक्रमितले भरिएको छ । अस्पताललाई पुर्ण क्षमतामा संचालन गर्दा समेत विरामीको चाँप धेग्न नसक्ने अवस्था आएको अस्पतालले जनाएको छ । 

उपचारकक्षमा रहेको बेड क्षमताभन्दा बढी संक्रमित आउन थालेपछि नयाँ बिरामी भर्ना लिन बन्द गर्ने अवस्था आएको अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले बताएका छन् । उनले थपिएका बेडमा समेत खाली ठाउँ नरहेपछि अब धान्न सक्दैनौं भनेर भन्ने बेला आएको जनाएका छन् । 

OM Sai Pathibhara Hospital

अस्पतालको सुचना शाखाले दिएको तथ्याङक अनुशार अहिले २२ संक्रमितको आईसीयू र भेन्टिलेटरमा र ४६ जनाको आइसोलोसन वार्डमा उपचार भईरहेको छ । आइसोलेसनमा भएका मध्ये ९५ प्रतिशत बिरामीलाई अक्सिजन सपोर्टमा राखिएको डा. भण्डारीले जानकारी गराएका छन् ।